भगवान संग जोडेर आफ्नो ब्रा को बिषयमा बोलेकी अभिनेत्री स्वेताले माफी मागिन् — OSNepal

भगवान संग जोडेर आफ्नो ब्रा को बिषयमा बोलेकी अभिनेत्री स्वेताले माफी मागिन्

LC (KTM) January 28, 2022 0

सेलीब्रेटीहरुले कहाँ कति खेर कस्तो बोल्नु पर्ने एकदमै ख्याल गर्नु पर्ने हुन्छ । बलिउडमा यस्ता केसहरु प्राय दिनहु जसो आइरहने गरेका छन् । पछिल्लो समय टिभी कि अभिनेत्री श्वेता तिवारी आफ्नो सानो भनाईका कारण तनावमा परिन् । अन्ततः उनले माफि नै माग्नु पर्यो । धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लागेकी श्वेता तिवारीले माफी मागेकी छिन् ।

उनले यस बिषयमा बिज्ञप्ति नै जारी गरेर धार्मिक भावनामा ठेस पुर्याउने आफ्नो उदेश्य नरहेको बताएकी छिन् । उनले आफ्नो विज्ञप्तिमा लेखेकी छिन् ‘मेरा सह कलाकारको अघिल्लो भनाइलाई लिएर मेरो भनाइलाई गलत बुझियो र विकृत गरियो । यसप्रति मेरो ध्यानाकर्षण भएको छ । मैले सौरभराज जैनका लागि ‘भगवान’ शब्द प्रयोग गरिएको बताएकी छन् जसले अघिल्लो सिरियलमा भगवानको भूमिका निर्वाह गरेका थिए ।

कलाकारको पात्रको नाममा मान्छेसँगै जोडिन्छ, त्यसैले मिडिया अन्तरक्रियामा त्यो उदाहरण दिएकी थिएँ, तर गलत बुझियो । यसका लागि म माफी चाहन्छु,ु उनले भनेकी छन् । श्वेताले थप लेखेकी छिन्, ‘म आफैं भगवानमा धेरै विश्वास गर्छु, त्यसैले जानी–जानी यस्तो कुरा गरेर धार्मिक भावनामा ठेस पुर्याउने मेरो मनसाय थिएन, तर नजानेरै जनताको भावनामा चोट पुगेँ । मेरो शब्द वा कार्यले कसैलाई चोट पुर्याउने उद्देश्य थिएन । उनले एक कार्यक्रममा आफ्नो ब्राको साइज भगवानले नै बनाईदिने बताएकी थिईन् । यस भनाईले पुरै तहल्का पिटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर