संसदमा मत दिन आग्रह गर्दै ओलीले भने-आफै मत नदिने, विघटनतिर धकेल्ने अनि दोष अरुलाई दिने — OSNepal

संसदमा मत दिन आग्रह गर्दै ओलीले भने-आफै मत नदिने, विघटनतिर धकेल्ने अनि दोष अरुलाई दिने

LC (KTM) May 10, 2021 0

काठमाडौं २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई विश्वासको मत दिन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आफुलाई विश्वासको मत दिए संसद विघटन नहुने बताएका छन् । यदि आफुलाई मत नदिए संसन विघटन तिर जाने ओलीे बताएका छन् । संसदमा आज विश्वासको मत माग्दै ओलीले यस्तो बताएका हुन् ।

‘मलाई मत दिनुस् कसरी संसद् विघटन हुन्छ रु आफै मत नदिने, विघटनतिर धकेल्ने अनि दोष अरुलाई दिने,’ ओलीले भने । सम्बोधनमा ओलीले विपक्षीदलहरुलाई ‘आफै भीरतिर हाम फाल्ने अनि गुरुत्वाकर्षणलाई दोष दिने ? भन्दै प्रश्न गरेका छन् । मुद्धा लडेर ल्याएको संसद बचाउन भोट दिउँ भन्दै ओलीले संसद मा भने । विश्वासको मत दिँएर स्थिरताको पक्षमा काम गरौं भन्दै ओलीले आफूलाई भोट नदिए संसद् विघटनतिर धकेलिने बताए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर