नेपालमा कैयौ फ्यान फ्लोइंग भएका सलमान खान के नेपाल आउँदैछन् — OSNepal

नेपालमा कैयौ फ्यान फ्लोइंग भएका सलमान खान के नेपाल आउँदैछन्

LC (KTM) January 30, 2022 0

काठमाडौं-कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जाले उनलाई नेपाल आउन निम्तो दिएका छन् । निम्ता दिए सँगै उनी नेपाल आउन सकरात्मक भएको बताइएको छ । यसै साता साउदी अरबमा भएको ‘जोय अवार्ड’ मा सहभागी हुने क्रममा निर्मलले सलमानलाई उपहारस्वरुप आफ्नो बायोग्राफी पुस्तक हस्तान्तरण गर्दै नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

पूर्जाले सलमानसँगको एक तस्विर सेयर गर्दै लेखेका छन्, ‘सलमान भाईलाई भेटेर एकदमै खुसी लाग्यो । नम्र र प्रसिद्ध । मेरो देशमा छिटै भेट हुनेछ ।’ निर्मललाई सलमान खानसँग नेपालका उद्योगपति निर्वाण चौधरीले भेटाएका हुन् ।

निर्मलले संसारका चर्चित सेलिब्रेटीहरुलाई बोलाएर काठमाडौंमा एक कार्यक्रम गर्न लागेको बेला सलमानलाई भेटेर नेपमल आउने निम्ता दिएका हुन् । गत नोभेम्बरमा निर्मल पूर्जामाथि बनेको डकुमेन्ट्री ‘फोर्टिन पिक्स स् नथिङ इज इम्पोसिबल’ नेटफिल्क्समा रिलिज भएको थियो । यो डकुमेन्ट्रीले उनलाई संसारभर चिनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर