तीव्र गतिको कार ट्रकसँग ठक्कर खाँदा पाँच जनाको मृत्यु – OSNepal

तीव्र गतिको कार ट्रकसँग ठक्कर खाँदा पाँच जनाको मृत्यु

LC (KTM) January 30, 2022 0

दिल्ली, १६ माघ-भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा आइतबार भएको सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । लोनावाला क्षेत्र नजिकै मुम्बई–पुणे एक्सप्रेस मार्गमा विहान ७ः३० बजे दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले जानकारी गराएका छन् ।

तीव्र गतिमा मुम्बईबाट पुणे जाँदै गरेको एउटा कार ट्रकसँग ठक्कर खाएपछि दुर्घटना भएको र उक्त घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
सञ्चारमाध्यमका अनुसार पीडितहरूलाई स्थानीय स्वास्थ्य उपचार केन्द्रमा लगिएको तर उनीहरूलाई तत्कालै मृत घोषित गरिएको थियो ।प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान सुरू भइसकेको जनाएको छ । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published.