गायक दुर्गेश थापाको गीत प्रसारण बन्द गर्न आग्रह — OSNepal

गायक दुर्गेश थापाको गीत प्रसारण बन्द गर्न आग्रह

LC (KTM) January 30, 2022 0

काठमाडौँ, १६ माघ -वैज्ञानिक समाजवादी महिला सङ्गठनले भर्खरै सार्वजनिक भएको गायक दुर्गेश थापाको गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न आग्रह गरेको छ । सङ्गठनले आज विज्ञप्ति जारी गरी हालचालै सार्वजनिक भएको गायक थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग भएको जनाउँदै गीत प्रसारण बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई अनुरोध गरेको हो ।

“कलाकारले प्रयोग गर्ने शब्द, वेशभूषा र प्रस्तुतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ, नेपाली समाजमा महिलामाथि हुने बलात्कारजन्य हिंसा, मानसिक र शारीरिक रूपमा हुने हिंसा वृद्धिमा सिनेमा, साहित्य र गीतमा महिलाको गरिमा र अस्तित्वलाई सस्तो र महिलाद्वेषी प्रस्तुत पनि एक कारण हो”, विज्ञप्तिमा भनिएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर