बचतकर्ताको लाखौ रुपैया पचाउन खोज्ने अक्षता सहकारी मिडियाको फन्दामा — OSNepal

बचतकर्ताको लाखौ रुपैया पचाउन खोज्ने अक्षता सहकारी मिडियाको फन्दामा

LC (KTM) January 30, 2022 0

देशमा रहेका अधिकांश सहकारीको उदेश्य एउटै हुन्छ त्यो हो स्थानीयस्तर बाट उठाइएको रकमलाई स्थानीयस्तरकै हितमा प्रयोग गरि उनीहरुको जिवनमा आर्थिक उन्नती ल्याउनु । तर सबै सहकारी यी उदेश्यका साथ खुले पनि केहि भने कमाउ र ठग धन्दामा लागेको तपाई हामिले सुन्दै आएका छौ । बचतकर्ताले दुःख गरेर कमाएको पैसा कुम्ल्याएर कति सहकारी तथा बचत समुह फरार हुने गरेका छन् भने कतिपय बचतकर्ताले जम्मा गरेको बचत उनीहरुलाई नै चर्काे ब्याजमा लगाई रहेका पनि भेटिन्छन् ।

काठमाण्डौको बौद्धमा भने बचतकर्ताको पैसा फिर्ता दिन आनाकानी गर्दै आईरहेको सहकारीले ओएस नेपालको सक्रियतामा फिर्ता दिएको छ । बौद्धमा रहेको अक्षता बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ता बाट उठाएको लाखौ रकम फिर्ता दिन आनाकानी गरेपछि बचतकर्ताको अनुरोधमा ओएस नेपालले पहल अघि बढाए पछि रकम फिर्ता आएको हो । महिनौ सम्म बचतकर्ताले राखेको लाखौ रुपैया सहकारीले पचाउन खोजेको थियो ।

बचतकर्ता भवानी लामा भन्छिन्– हामीले दिनरात दुःख गरेर जम्मा गरेको रकम हामी आफैले पाइदैन भने त्यो सरासर ठग्ने नियत नै हो । आज आउनुु भोली आउनुस भनेर धेरै झुलाए पछि हामी मिडिया गुहार्न बाध्य भएका हौ । लामो समय देखि पैसा दिन आनाकानी गरे पछि बचतकर्ताको अनुरोधमा ओएस नेपालले लाइभ गरे पछि २२ जना बचतकर्ताको २६ लाख ९५ हजार ४ सय १० रुपैया फिर्ता आएको छ । सहकारीले लालमाया तामांगको नाममा उक्त रकम बराबरको चेक काटि दिएको छ । चेक काटि दिए संगै सहकारीले भिडियो डिलिट गर्दिनु भन्दै ओएस नेपाल संग अनुरोध समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर