इटहरी भाषा,कला र साहित्य सृजना परिषद गठन — OSNepal

इटहरी भाषा,कला र साहित्य सृजना परिषद गठन

LC (KTM) January 30, 2022 0

इटहरी उपमहानगरपालिकाले साहित्यकार कृष्ण विनोद लम्सालको संयोजकत्वमा १५ सदस्यीय इटहरी भाषा,कला र साहित्य सृजना परिषद गठन गरेको छ । उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको साहित्य,कला र संगीत क्षेत्रका ब्यक्तित्वहरुको भेलाले परिषद गठन गरेको हो । परिषदको सह संयोजकमा मणिराज गुरुङं, टीका आत्रेय, सचिवमा बद्री भिखारी, सहसचिवमा बासुदेव तिम्सिना र कोषाध्यक्षमा प्रज्वल पराजुली रहेका छन् ।

सदस्यहरुमा रीता ताम्राकार,सुष्मा तिम्सिना,दुर्गा दाहाल,अभिशेख तिम्सिना,सोनु जयन्ती,दिनेश कोइराला,प्रकाश सुब्बा,हेमन्त गौतम र नविन न्यौपाने रहेका छन् । यसैगरी मोहन तुम्वाहांको संयोजकत्वमा १५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । उपप्रमुख लक्ष्मी गौतमले परिषदले इटहरीको कला,साहित्य र संगीतको विकासका लागि नगरपालिकालाई सुझाव तथा सल्लाह प्रदान गरि इटहरीको साहित्य संगीत र कला क्षेत्रका विकासमा महत्वपूर्ण कार्य गर्ने अपेक्षा गरिन् ।

संयोजक कृष्णविनोद लम्सालले साहित्य र कलाका सम्पूर्ण विधालाई समेटेर सवैपक्षको हित गर्ने कार्यविधि निर्माण गर्ने प्रतिवद्धता जनाए । उनले इटहरी नगरका भाषा भाषी र साहित्य कलालाई उन्नति प्रगति तर्फ उन्मुख गराउन परिषद अगाडि बढ्ने बताए । सो भेलामा सल्लाहकार संयोजक मोहन तुम्माहां , साहित्यकार तथा अग्रज पत्रकार कृष्ण अधिकारी, संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसी , लोक गायक बालकृष्ण कार्की लगायतका साहित्यकार
कलाकारले वोलेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर