काठमाडौंस्थित बौद्धबाट एकै पटक ७४ जना जुवाडे पक्राउ — OSNepal

काठमाडौंस्थित बौद्धबाट एकै पटक ७४ जना जुवाडे पक्राउ

LC (KTM) January 31, 2022 0

काठमाडौं १७ माघ । काठमाडौंबाट अनलाइन जुवा खेल्ने खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्त रूपमा खटीएको प्रहरी टोलीले बौद्धस्थित एउटै रेस्टुरेन्टबाट आठ महिला सहित ७४ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नगद ६ लाख १९ हजार २५० रुपैयाँ बरामद समेत गरेको छ ।

दोलखा घर भई हाल बानेश्वर बस्ने सुभास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट पक्राउ परेका निजहरुले अनलाइन एपको प्रयोग गरी जुवा खेल्ने र खेलाउने गरेको खुल्न आएको छ ।

यस विषयमा प्रहरीले थप अनुशन्धान अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर