गुल्मीमा ७९ वर्षिया बृद्धालाई बोकेर कोरोनाको खोप लगाउँन स्वास्थ्य चौकी लैजाँदै महिला — OSNepal

गुल्मीमा ७९ वर्षिया बृद्धालाई बोकेर कोरोनाको खोप लगाउँन स्वास्थ्य चौकी लैजाँदै महिला

LC (KTM) January 31, 2022 0

गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नं। ३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका लिला थापाले सोही ठाउँकै ७९ वर्षिया बृद्धा देवकली टन्डनलाई कोभिड(१९ बिरुद्धको खोप लगाउन बोकेर स्वास्थ्य चौकी लैजाँदै ।

गाउँमा यातायातको सुविधा नहुँँदा बोकेर लैजानुपरेको हो ।

सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुने बढी-पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमित हुनुभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढी रहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको आज सार्वजनिक गरेको बुलेटिनमा सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुने सङ्ख्या दुई हजार ८९९ ले बढी रहेको छ । आज १६ हजार ८८ परीक्षण गर्दा सङ्क्रमित सङ्ख्या पाँच हजार २९२ रहेको छ ।

यस्तै सङ्क्रमणमुक्त हुने सङ्ख्या आठ हजार १९१ पुगेको छ । यो दर ९०.५ प्रतिशत हो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ७९ हजार २७२ पुगेको छ ।

आठको निधन

विगत २४ घण्टामा आज आठजनाको सङ्क्रमणको कारणले निधन भएको छ । अहिलेसम्म ११ हजार ७४३ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ ।

यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला १८ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन् ।

यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १८ जिल्ला रहेका छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, नुवाकोट, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, गुल्मी, बर्दिया, नवलपरासी पश्चिम, सुर्खेत र कञ्चनपुर रहेका छन् ।

नेपालमा सङ्क्रमण दर १८.२ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा ७७ हजार ६६५, संस्थागत आइसोलेसनमा एक हजार ६०७, आइसियुमा २८८ र भेन्टिलेटरमा ५० जनाको उपचार हुँदैछ ।

तीन लाख बढीले लगाए खोप

विगत २४ घण्टामा आज तीन लाख ६६ हजार ६०३ जनाले खोप लगाएका छन् । यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज तीन लाख ६९ हजार २२६ मात्रा लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर