गौर नरसंहार दोहोर्‍याउने धम्की दिएकी मन्त्री यादवलाई कारबाहीको माग गर्दै गठबन्धनका नेताहरुलाई पत्र — OSNepal

गौर नरसंहार दोहोर्‍याउने धम्की दिएकी मन्त्री यादवलाई कारबाहीको माग गर्दै गठबन्धनका नेताहरुलाई पत्र

LC (KTM) January 31, 2022 0

काठमाडौं, १७ माघ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई कारबाहीको माग गर्दै नागरिक अगुवाहरुले सत्ता गठबन्धनका नेताहरुलाई पत्र बुझाएका छन् । मन्त्री यादवले केही दिन अघि गौर हत्याकाण्ड दोहोर्‍याउने धम्की दिएकी थिइन् । २०६३ चैतमा भएको उक्त नरसंहारमा तत्कालीन मधेसी जनाधिकार फोरमका कार्यकर्ताले तत्कालीन नेकपा (माओवादी)का २८ जना कार्यकर्ताको हत्या गरेका थिए ।

नागरिक अगुवाहरुले प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका दलका अध्यक्षलाई पत्र पठाएका हुन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई पत्र पठाइएको हो ।

डा केदारनरसिंह केसी, चरण प्रसाई, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले नेताहरुलाई पत्र लेखेका हुन् । दलका नेताहरुलाई पठाइएको पत्रमा आफूहरु मन्त्री यादवको राजीनामा को मागमा अडिग रहेको पनि उनीहरुले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर