भवनबाट लडेर पूर्वमिस अमेरिका क्रिस्टको निधन — OSNepal

भवनबाट लडेर पूर्वमिस अमेरिका क्रिस्टको निधन

LC (KTM) February 01, 2022 0

काठमाडौं, १८ माघ -‘मिस अमेरिका २०१९’ विजेता चेस्ली क्रिस्टको ३० वर्षको उमेरमा निधन भएको छ । न्यूयोर्क सिटीको एक ६० तले भवनबाट लडेर उनको मृत्यु भएको हो ।

ब्युटी क्विन, वकिल, फेसन ब्लगर र टेलिभिजन पत्रकारसमेत रहेकी चेस्ली आइतबार बिहान ७ बजे भवनबाट लडेकी हुन् । यद्यपि चिकित्सकले हालसम्म उनको मृत्युको आधिकारिक कारण बताएका छैनन् ।

चेस्लीले सन् २०१९ मा ‘मिस नर्थ क्यारोलिना यूएसए’को उपाधि जितेकी थिइन् । यसअघि उनले ‘मिस युएसए २०१९’का ताज जितेकी थिइन् । सन् २०२० मा उनको फर्मले उनलाई आफ्नो पहिलो विविधता सल्लाहकार नियुक्त गरेको थियो । यसबाहेक सन् २०१९ मा चेस्लीले एक्स्ट्राका लागि न्यूयोर्क करेस्पोण्डेन्टका रुपमा काम सुरु गरेकी थिइन् ।

चेस्लीको जन्म सन् १९९१ मा मिसिगनको जेक्सन सहरमा भएको थियो । उनी दक्षिण क्यारोलिनामा हुर्किएकी हुन् । उनले साउथ क्यारोलिना युनिभर्सिटीमा पढिन् र सन् २०१७ मा वेक फरेस्ट युनिभर्सिटी स्कुल अफ लबाट ग्राजुएसन गरिन् । चेस्लीले नर्थ क्यारोलिना फर्म पोयनेर स्प्रुइल एलएलपीमा एक वकिल र सिभिल लिटिगेटरका रुपमा काम गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर