सुजलको ६ वर्षपछि राष्ट्रिय टोलीबाट गोल — OSNepal

सुजलको ६ वर्षपछि राष्ट्रिय टोलीबाट गोल

LC (KTM) February 01, 2022 0

काठमाडौं, १८ माघ – सुजल श्रेष्ठले राष्ट्रिय फुटबल टोलीका लागि ६ वर्षपछि गोल गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो मैत्रीपूर्ण खेलमा मौरिससविरुद्ध अग्रता दिलाउँदा सुजलले ६ वर्षपछि गोल गरेका हुन् । यो उनको राष्ट्रका लागि तेस्रो गोल हो ।

यसअघि सुजलले २०१६ मा सोलिडारिटी कपमा नेपालका लागि अन्तिम गोल गरेका थिए । सुजनले यसअघि टिमोर लिस्टे र लाओसविरुद्ध गोल गरेका हुन् ।

दशरथ रंगशालामा जारी खेलको १०औं मिनेटमा सुजलले नेपालका लागि अग्रता दिलाएका हुन् । उनले पूजन उपरकोटिले बक्स भित्रबाट गरेको ब्याक फ्लिकलाई वान टचमै गोल गरे । यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपाल १-० ले विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर