आईपीएलको अक्सनमा सन्दीप लामिछानेको नाम , अरु १४ जना अटाउन सकेनन् — OSNepal

आईपीएलको अक्सनमा सन्दीप लामिछानेको नाम , अरु १४ जना अटाउन सकेनन्

LC (KTM) February 01, 2022 0

१५ औ संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलका लागि नेपालबाट १५ जना खेलाडीको नाम दर्ता भए पनि एक जना खेलाडीको मात्र अक्सन हुने भएको छ । बीसीसीआईले मंगलबार अक्सनका लागि सार्वजनिक गरेको खेलाडीको सूचीमा नेपालबाट लेग स्पीनर तथा कप्तान सन्दीप लामिछाने परेका छन् ।

अक्सनबाट लामिछाने लाई कुनै पनि टिमले आबद्ध गर्नु परेमा न्यूनतम ४० लाख भारु अर्थात ६४ लाख नेपाली तिर्नुपर्ने हुन्छ । अक्सनका लागि लामिछाने बाहेक आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशान भारी, आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले नाम दर्ता गराएका थिए ।

फेब्रअरी १२ र १३ तारिखमा हुने अक्सनमा जम्मा ५ सय ९० खेलाडी रहनेछन् जसमध्ये २ सय २० खेलाडी विदेशी रहने बीसीसीआईले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर