ताप्लेजुङमा आजदेखि जिल्ला लिग फुटबल प्रतियोगिता ,१४ वटा क्लबकाे सहभागिता रहने — OSNepal

ताप्लेजुङमा आजदेखि जिल्ला लिग फुटबल प्रतियोगिता ,१४ वटा क्लबकाे सहभागिता रहने

LC (KTM) February 02, 2022 0

ताप्लेजुङ, १९ माघ-ताप्लेजुङ जिल्ला फुटबल संघको आयोजनामा आज बुधबारदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा १४ वटा क्लबकाे सहभागिता रहनेछ ।जिल्ला लिग विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नुका साथै आगामी प्रदेश लिगमा भाग लिने अवसर प्राप्त गर्ने जिल्ला फुटबल संघका अध्यक्ष बालचन्द्र साबाले बताए ।

‘ए’ समूहमा प्रगतिशील युवा क्लब, चाँगे माछापोखरी हिटी क्लब, सृजनशील सामाजिक युवा समाज, बिसीएस मेमोरियल क्लब, लालीमा क्लब, जलजले क्लब र मानाभरा स्पोर्टिङ युथ क्लब छन् ।

समूह ‘बी’मा कर्णसिंह सोनाम फुटबल क्लब, कञ्चनजंघा फुङ्लिङ क्लब, मिशन युनाइटेड क्लब, नवप्रयास युवा क्लब, संघर्ष स्पोर्टिङ क्लब, वीरेन्द्र युवा क्लब र पाथीभरा युवा क्लब रहेको जिल्ला फुटबल संघले जनाएको छ ।दुबै समूहमा सेमीफाइनल अघि २१–२१ वटा खेल हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर