ख्वप अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि थप ४४ लाख ७५ हजार सहयोग — OSNepal

ख्वप अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि थप ४४ लाख ७५ हजार सहयोग

LC (KTM) June 03, 2021 0

भादगाउँ, २० जेठ- ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि बुधवार थप ४४ लाख ७५ हजार रुपैंया आर्थिक सहयोग जुटेको छ । यससँगै सहयोग रकम ४ करोड ५ लाख ८७ हजार ८९ रुपैंया पुगेको नगरपालिकाले जनाएको छ ।भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालले ब्रम्हायणीमा कोभिड युनिटसँगै आइसोलेसन केन्द्र सञ्चालन गर्दै आइरहेको छ । कोभिडका गम्भिर बिरामीलाई अक्सिजन अभाव भएपछि नगरपालिकाले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट तत्काल स्थापना गर्ने र त्यसका लागि आवश्यक रकम जुटाउन जनस्तरमा सहयोगको अपिल गरेको थियो । सोही अपिल बमोजिम नगरका सहकारी संस्था, विद्यालय, कलेज, विभिन्न संघ संस्था, व्यावसायिक सङ्गठन र नगरबासीहरुले आर्थिक सहयोग प्रदान गरेका हुन ।

लागुऔषध र भरुवा बन्दुकसहित दुई पक्राउ:- बागलुङको ढोरपाटन नगरपालिकाबाट लागुऔषध र भरुवा बन्दुकसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय बुर्तिबाङबाट खटिएको टोलीद्वारा ढोरपाटन–४ भाँगीका स्थानीय दुई युवाले घरमा लुकाइछिपाइ राखेको करिब दुई किलो २०० ग्राम चरेसजस्तो देखिने पदार्थ, सात किलो गाँजाको धुलो र एक थान भरुवा बन्दुक बरामद गरेको छ ।

विषेश सूचनाका आधारमा खोजतलास गर्दा उनीहरुबाट चरेस, गाँजाको धुलो र भरुवा बन्दुक जफत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । उनीहरुलाई लागुऔषध र भरुवा बन्दुकसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ढोरपाटन–४ का ३५ वर्षीय जीतबहादुर पुन र सोही ठाउँका ४१ वर्षीय डम्बरबहादुर पुन रहेका छन् ।

जितबहादुरको घरबाट गाजाँको धुलो र डम्बरबहादुरको घरबाट चरेसजस्तो देखिने पदार्थ, केही गाजाँको धुलो र एक नाले भरुवा बन्दुक बरामद गरिएको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । उनीहरुलाई लागुऔषध तथा हातहतियारसम्बन्धी मुद्दा चलाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर