कालो ढुसीको सङ्क्रमणबाट कैलालीमा एक जनाको मृ त्यु — OSNepal

कालो ढुसीको सङ्क्रमणबाट कैलालीमा एक जनाको मृ त्यु

LC (KTM) June 03, 2021 0

कैलाली- कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोमाइकोसिस (कालो ढुसी) सङक्रमितको मृ त्यु भएको छ ।यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाकाका ६५ वर्षीय पुरुषको म्युकोमाइकोसिस (कालो ढुसी)का कारण मृ त्यु भएको हो । उहाँको आज बिहान ७ः०० बजे मृ त्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा कालो ढुसी पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रदेश नं १ को बजेट अधिवेशन यही जेठ २४ गते:- प्रदेश नं १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २४ गते आह्वानका लागि सिफारिश गर्ने आज निर्णय गरेको छ ।मुख्यमन्त्रीको कार्यालयमा बसेको बैठकले यही उक्त दिन अपराह्न २ः०० बजे अधिवेशनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर