यसकारण फोटोग्राफरबाट लुकाउँछिन् आफ्नो छोरीको अनुहार अभिनेत्री शिल्पा शेट्टीले — OSNepal

यसकारण फोटोग्राफरबाट लुकाउँछिन् आफ्नो छोरीको अनुहार अभिनेत्री शिल्पा शेट्टीले

LC (KTM) June 03, 2021 1

एजेन्सी । अभिनेत्री शिल्पा शेट्टी दोस्रो पटक आमा बनेपछि धेरै खुसी छिन । उनले आमा बनेको खुसी सामाजिक सञ्जालमा ब्यक्त गरिरहेकी हुन्छिन् । उनी सामाजिक सञ्जालमा निकै सकिृय छिन् । तर उनले हाल सम्म पनि आफ्नो छोरीको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेकी छैनन् ।

अर्की नायीका करिना कपुरको छोरा तैमुर सामाजिक सञ्जालमा निकै चर्चित छन् तर शिल्पाले भने छोरी सामाजिक सञ्जालवाट लुकाएर राखेकी छन् । केही दिन अघि शिल्पा छोरीको साथमा सार्वजनिक स्थलमा भेटिइन् । तर फोटोग्राफरहरूवाट उनले छोरीको अनुहार लुकाइन् ।

उनले जति कोशिष गरेपनि शिल्पा शेट्टीकी छोरी समिशाको अनुहार फोटोग्राफरहरुले लिइछाडे । तस्बिरमा समीशा धेरै सुन्दर देखिएकी छन् । उनले सार्वजनिक गरेका छोरीका तस्बिरमा पनि उनको अनुहार देखाइएको छैन । उनले छोरीको पछाडीको भाग मात्र तस्बिरमा देखाउने गरेकी छन् । परिवारसंगका फोटोहरूमा पनि उनको अनुहार कुनै पनि तस्बिरमा देखिदैन ।

शिल्पा शेट्टीले सेरोगासीको सहयोगमा सामिशालाई जन्म दिएकी हुन् । समीशा १५ फेब्रुअरी २०२० मा जन्म भएको थियो। यस बाहेक, शिल्पाको छोरा भियान राज कुन्द्रा २१ मे २०१२ मा जन्म भएको थियो। भियान सोशल मिडियामा एकदम लोकप्रिय छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर