जागौ नेपाल प्रवास साउदी शाखाद्वारा जनमैत्री अस्पतालको लागी आर्थिक सहयोग — OSNepal

जागौ नेपाल प्रवास साउदी शाखाद्वारा जनमैत्री अस्पतालको लागी आर्थिक सहयोग

LC (KTM) June 03, 2021 0

काठमाडौं ।रोजगारी को सिलसिलामा साउदी अरब पुगेका नेपालीले जनमैत्री अस्पतालको लागी आर्थिक सहयोग गरेका छन । “जागौ नेपाल प्रवास” साउदी शाखा ले २०७७ साल देखी सामाजिक कार्य गर्दै आएको छ ।

“आफु बचौं अरुलाई बचाऔं ,पुन्य कमाऔं ” भन्ने उदेश्यले संचालित अभियान मार्फत जागौ नेपाल साउदी शाखा र साउदी अरेबियामा हामी नेपाली (Nepalies IN Saudi Arabia)नामक फेसबुक ग्रुपको सहकार्यमा संकलित रकम मध्ये 1,11,111/- (एकलाख एघार हजार एक सय एघार रुपैया) संचारकर्मी रबि लामिछाने ले संचालन गरेको फाउन्डेसन मार्फत जनमैत्री अस्पतालको लागी ट्रासफर गरिएको संस्था का अध्यक्ष पन्य प्रसाद खनाल ले जानकारी दिए ।

सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरु प्रती जागौ नेपाल साउदी शाखा र साउदी अरेबियामा हामी नेपाली (Nepalies IN Saudi Arab gurup टिम सम्पूर्ण सहयोगी मनहरुप्रति हार्दिक कृतज्ञता व्यक्त समेत गरेको थियो । यस्तै साउदी अरबमा आठ महिना देखी अलपत्र २४ जना नेपाली लाई टिकट पछि पिसिआर रिपोर्ट को लागी सहयोग गर्ने संस्थाका अध्यक्ष खनाल ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर