एमसीसीकै कारण गठबन्धन सरकार टुट्दैन- माओबादी केन्द्रका केन्द्रिय नेता दिपशिखा — OSNepal

एमसीसीकै कारण गठबन्धन सरकार टुट्दैन- माओबादी केन्द्रका केन्द्रिय नेता दिपशिखा

LC (KTM) February 06, 2022 0

नेकपा माओबादी केन्द्रका केन्द्रिय नेता तथा वाइसीएलका पुर्व अध्यक्ष राम प्रसाद सापकोटा दिपशिखाले जस्ताको त्यस्तै अवस्थामा एमसीसी पास नहुने दाबी गरेका छन् । ओएस नेपाल संगको कुराकानीका क्रममा उनले एमाले संग मिलेर प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी पास नगराउने समेत बताए ।

अहिलेको सत्ता गठबन्धनको निर्णायक शक्ति नेकपा माओबादी केन्द्र रहेकोले एमसीसी पास गर्ने या नगर्ने यो निर्णायक भुमिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संग रहेको दाबी गरे । उनले भने– अध्यक्ष ज्यूले चाहनु भयो भने एमसीसी पास हुन्छ, चाहनु भएन भने हुदैन । अंक गणितको हिसाबले माओबादी केन्द्र बाहेक अनुमोदनका लागि पुग्ला तर यो संभव छैन ।

उनले एमसीसीका बिषयमा माओबादी केन्द्रको धारण स्पष्ट रहेको भन्दै संझौतामा भएका ५–७ वटा बुँदा सच्याउन आवश्यक रहेको बताए । जुन बुँदा राष्ट्रका हित बिपरीत समेत रहेको उनको भनाई थियो । त्यस्तै उनले माओबादी केन्द्र सरकार बाहिर हुने बित्तिकै सरकार ढल्ने पनि जिकिर गरे । तर एमसीसीकै कारण गठबन्धन नटुट्ने उनको भनाई छ ।

<center

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर