कोरोनाको महामारीकमा परेका फिल्मी प्राबिधिकका लागि नायिका स्वस्तिमा खड्काले गरिन् यस्तो अपिल — OSNepal

कोरोनाको महामारीकमा परेका फिल्मी प्राबिधिकका लागि नायिका स्वस्तिमा खड्काले गरिन् यस्तो अपिल

LC (KTM) June 03, 2021 0

कोरोनाको महामारीका बेला जसरी बलिउडकर्मीहरु फ्रन्ट लाईनर बनेर सहयोग गरिरहेका छन् कलिउड अर्थात नेपाली सिने जगतमा भने त्यस्तो एकाद बाहेक त्यस्तो परिदृश्य देख्न सकिएको छैन ।

यद्यपी केही नेपाली कलाकार भने आफुले सकेको सहयोगमा जुटिरहेका छन् । नायक पल शा, नाजिर हुसेन, गायक रामकृष्ण ढकाल लगायतले सकेको सहयोग गरिरहेका छन् ।

यसबीचमा सबै भन्दा बढि मारमा परेका भनेका फिल्मका प्राबिधिकहरु हुन् । उनीहरुले यहि पेशाबाट दैनिक गुजारा चलाईरहेका थिए । कोरोनाको महामारीका कारण सिनेमा छायांकनको काम हुन नसके पछि उनीहरु मारमा परेका हुन् ।

उनीहरुकै लागि भनेर नायिका स्वस्तिमा खड्काले मुख खोलेरै सहयागको लागि अपिल गरेकी छिन् । स्वस्तिमा खड्काले फिल्म प्राविधिकलाई सहयोग जुटाउने उदेश्यले एक अभियान थालेकी छन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै समस्यामा रहेका प्राविधिकहरूलाई सकेको सहयोग गर्न अपिल समेत गरेकी छन् । सबैभन्दा बढी कोरोनाको मारमा फिल्ममा काम गर्ने प्राविधिकहरू परेको उनले बताएकी छिन् ।

दैनिक छाक टार्न समेत प्राविधिकहरुको समस्या रहेको समाचारले आफुलाई स्तब्ध समेत बनाएको उनले बताएकी छन् । यो समयमा सहयोग माग्न आफूलाई एकदमै अप्ठेरो लागेको उनले बताएकी छिन् । उनले सक्नेले सहयोग गर्दिन अपिल समेत गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर