सत्यमोहन जोशीको स्वास्थ्य सुधारोन्मुख, पिसिआर रिपोर्ट आउन बाँकी — OSNepal

सत्यमोहन जोशीको स्वास्थ्य सुधारोन्मुख, पिसिआर रिपोर्ट आउन बाँकी

LC (KTM) February 09, 2022 0

काठमाडाैं, २६ माघ – अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

श्वासप्रश्वाससँगै फोक्सोमा समस्या भएपछि साेमबार राति किस्ट मेडिकल कलेज भर्ना भएका जोशीको स्वास्थ्य अवस्था सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएको पत्रकार गिरीश गिरिले जानकारी दिए ।

जोशीको कोभिड-१९ परीक्षण पनि गरिएको छ । तर, पिसिआर रिपोर्ट आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर