OSNepal आइतबार, मंसिर १९ २०७८

यस वर्षको मनसुन ढिलो सुरु हुने

यस वर्षको मनसुन ढिलो सुरु हुने

  • OSNepal
  • शुक्रबार, जेष्ठ २१ २०७८


यस वर्षको मनसुन ढिलो सुरु हुने
Reading Time: < 1 minute

काठमाडौ । नेपालमा यस वर्षदेखि मनसुन पछाडि धकेलिएको छ । मनसुन सुरु हुने, बहिर्गमन हुने र मनसुनको अवधि समेतको अवधि पछाडि धकेलिएको हो ।

यसअघिका १० वर्षको अवधिमा हरेक वर्ष जुन १० मनसुन सुरु हुने दिन तय गरिएको थियो तर यस वर्षदेखि जुन १३ लाई मनसुन सुरु हुने मिति तय भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

त्यस्तै गत वर्षसम्म मनसुन सकिने अवधि सेप्टेम्बर २३ रहेकोमा अब मनसुन सकिने मितिसमेत पछि सर्दै अक्टोबर २ पुगेको छ । त्यसैले यसै वर्षदेखि मनसुन सुरु हुने र अन्त्य हुने अवधि नै पछाडि सरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड