गुण्डागर्दी निमिट्यान्न पारेर चर्चामा आएका एसपी चौधरीले अब कंचनपुरमा रहेको लागु औषध कारोबारको संरचना नै ध्वस्त पार्दै — OSNepal

गुण्डागर्दी निमिट्यान्न पारेर चर्चामा आएका एसपी चौधरीले अब कंचनपुरमा रहेको लागु औषध कारोबारको संरचना नै ध्वस्त पार्दै

LC (KTM) February 09, 2022 0

आफु कन्चनपुर पोष्टिंग भएपछि अहिले सम्म गुण्डागर्दीको समस्या नरहेको एसपी श्याम चौधरीले बताएका छन् । आफ्नो पोष्टिंग जहा हुन्छ त्यहा गुण्डागर्दीलाई जरै देखि निमिट्यान्न पारेर चर्चित भएका एसपी चौधरी यतिबेला कंचनपुरमा रहेका छन् । ओएस नेपाल संग कुरा गर्दै उनले कंचनपुरमा अहिले लागु औषधको अवस्था एकदमै बिकराल रुपमा रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय कंचनपुर देखी बोर्डर १२९ किमी मात्र रहेको बताउँदै उनले लागु औषधको कारोबारको संरचनालाई ध्वस्त पार्ने गरि रणनीति तयार गरिरहेको उनले जानकारी दिए । यसका लागी कंचनपुरमा रहेका ४४ वटा युनिट मात्र पर्याप्त नरहेकोले समुदाय संगको साझेदारीमा कार्य अघि बढाईने बताए ।

उनले भने– प्रहरीको एकल प्रयासले मात्र संभव छैन , लागु औषध बिकराल स्थितीमा रहेकोले यसको संरचना नै ध्वस्त पार्नका निमित्त सप्लाई र डिमाण्ड लाई कन्ट्रोल गर्नुपर्ने पहिलो आवश्यकता रहेको छ । त्यस्तै एसपी चौधरीले यसका लागि सम्पुर्ण सरोकारवाला पक्षहरुलाई हातेमालोका लागि आव्हान समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर