चेतना संरक्षण प्रतिष्ठानद्धारा स्रष्टा तथा साधकलाई सम्मान — OSNepal

चेतना संरक्षण प्रतिष्ठानद्धारा स्रष्टा तथा साधकलाई सम्मान

LC (KTM) February 12, 2022 0

प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङको उपस्थितिमा चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न स्रष्टा तथा साधकलाई सम्मान गरेको छ । विराटनगरस्थीत मोरङ व्यापार संघको हलमा सम्पन्न कार्यक्रममा प्रा.डा. प्रेम खत्री, प्रा.डा.माधवप्रसाद पोखरेल, कलाकार विजय थापा, समाजसेवी डा. मदन राई, बालकलाकार प्रित आचार्यलाई नगद सहित सम्मान गरेको हो ।

सम्मान गर्दै प्रदेश प्रमुख माननीय परशुराम खापुङले भन्नुभयो –‘अहिले देखिएको तीनपुस्तेमध्ये युवापुस्तालाई जाग्नुस्, बुबापुस्तालाई लाग्नुस् र बाजे पुस्तालाई नथाक्नुस् ।’चेतना आफैमा व्यापक शब्द र चेतना भनेको हाम्रो समाजमा रहेको कुरालाई प्रवद्र्धन तथा संरक्षण गर्न चेतना संरक्षण प्रतिष्ठान सफल रहेको प्रदेश प्रमुखले बताउनु भयो । ‘इतिहास, कला संस्कृति, सभ्यतालाई आफैँ आफ्नो अन्तरद्वन्द्वसहित समाजको विकास तथा सम्वृद्धि गर्नुपर्छ’ प्रमुखको भनाई थियो ।

कार्यक्रममा सम्मानित हुनुहुने भाषाविद् प्रा.डा. माधवप्रसाद पोखरेल, संस्कृतिविद् प्रा.डा. प्रेम खत्री, कृषिविज्ञ डा. मदन राई, कलाकार विजय थापा र बालगायक प्रितम आचार्यले बोलेका थिए । त्यसैगरी पुरस्कार स्थापना गरिदिने अक्षयकोषकारका प्रतिनिधिहरुले पनि मन्तव्य दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर