सरकारी नीतिले सर्वत्र आशंका,भ्रम र चिन्ता पैदा भएकोले यसबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्छ : कमल थापा — OSNepal

सरकारी नीतिले सर्वत्र आशंका,भ्रम र चिन्ता पैदा भएकोले यसबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्छ : कमल थापा

LC (KTM) June 04, 2021 0

काठमाडौं २१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले चुरे क्षेत्रको ढुंगा,गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्युनिकरण गर्ने कार्य स्विकार्य नभएको बताएका छन् । नेता थापाउले ट्वीटर मार्फत वातावरणीय सन्तुलन विगार्ने तथा तराईरमधेश र भित्रीमधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्विकार्य नहुने बताएका हुन् ।

चौतर्फी आलोचना भइरहेको व्यापार घाटा न्युनिकरण गर्ने सरकारको कार्यक्रम विरुद्ध सबैले विरोध गर्दै आएका छन् । सरकारी नीतिले सर्वत्र आशंका,भ्रम र चिन्ता पैदा भएको छ।यसबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताएका छन् ।

“खानीजन्य ढुंगा,गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्युनिकरण गरिने छूभन्ने सरकारी नीतिले सर्वत्र आशंका,भ्रम र चिन्ता पैदा भएको छ।यसबारे सरकारले आफ्नो धारणा स्पष्ट गर्नुपर्छ।वातावरणीय सन्तुलन विगार्ने तथा तराईरमधेश र भित्रीमधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्विकार्य हुंदैन” थापाले ट्वीटरमा भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर