OSNepal आइतबार, मंसिर १९ २०७८

थारु भाषाको छोटो चलचित्र ‘निपुत्र’ सार्वजनिक

थारु भाषाको छोटो चलचित्र ‘निपुत्र’ सार्वजनिक

  • OSNepal
  • शुक्रबार, जेष्ठ २१ २०७८


थारु भाषाको छोटो चलचित्र ‘निपुत्र’ सार्वजनिक
Reading Time: < 1 minute

थारु भाषाको छोटो चलचित्र ‘निपुत्र’ सार्वजनिक भएको छ। राजु राजदेब चौधरीले निर्दशन गरेको चलचित्रमा थारु समाजको कथा उथाइएको छ जहाँ एक नि:सन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा चित्रण गरिएको छ।

सप्तरीमा खिचिएको चलचित्र ऋषिका चौधरी, शोभानंद चौधरी,एमडि आलम,आकाश बिक, आरके पाण्डे,सोभाकान्त चौधरी लगायातका कलाकारहरुले अभिनय गरेका छन्।

लोकेन्द्र राज चौधरीले निर्माण गरेको चलचित्रमा राजु राजदेब चौधरीको कथा ,कोपि कान्छुको मेकअप ,अनिल शाहको छायांकन,निरज कुमार चौधरीको सम्पादन देख्न सकिन्छ। सेबिल एंटरटेनमेंटको ब्यानरमा निर्माण गएको चलचित्रले नि:सन्तान महिलालाइ हेर्ने सोच परिबर्तन गर्नुपर्नेमा जोड दिएको छ। चलचित्रका अन्य २ पार्टहरु क्रमस रिलिज हुने निर्माण पक्ष बताउछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड