कोरोना सङ्क्रमणबाट न्यायाधीश देवेन्द्र पौडेलको ५५ बर्षको मृत्यु — OSNepal

कोरोना सङ्क्रमणबाट न्यायाधीश देवेन्द्र पौडेलको ५५ बर्षको मृत्यु

LC (KTM) June 04, 2021 0

कोरोना सङ्क्रमणका कारण धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ ।

स्टार अस्पताल ललितपुर, सानेपामा उपचारका क्रममा ५५ वर्षीय पौडेलको आज निधन भएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण देखिएपछि यही जेठ २ गते उपचारका लागि उहाँलाई अस्पताल लगिएको थियो । न्यायाधीश पौडेल २०७६ साउनदेखि जिल्ला अदालत धादिङका न्यायाधीशमा कार्यरत हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर