ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनबाट प्रदीप ज्ञवालीसहित उपप्रधानमन्त्री पोखरेल बाहिरिने — OSNepal

ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनबाट प्रदीप ज्ञवालीसहित उपप्रधानमन्त्री पोखरेल बाहिरिने

LC (KTM) June 04, 2021 0

काठमाडौँ २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग सत्ता सहकार्य गर्ने भएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । ओलीले अब गर्ने मन्त्रिपरिषद् पुनर्गठनमा उपप्रधानमन्त्री ईश्वर पोखरेल भने अनटाउने भएका छन् ।

निकट स्रोतका अनुसार ओली निकट परराष्ट्रमन्त्री तथा एमालेका प्रवक्ता प्रदीप ज्ञवाली पनि मन्त्रिपरिषद् पुनर्गठनमा नअटाउने भएका छन् । ज्ञवालीको ठाउँमा अब एमालेका रघुबीर महासेठले आउने भएको बुझिएको छ ।

महासेठ उपप्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा सहभागी हुने भएका छन् । त्यसतै अर्थमन्त्री अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि उपप्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर