हृदयघातका कारण नेपालका पहिलो कुस्ती प्रशिक्षक बिद्या सागर पोखरेलको निधन — OSNepal

हृदयघातका कारण नेपालका पहिलो कुस्ती प्रशिक्षक बिद्या सागर पोखरेलको निधन

LC (KTM) June 04, 2021 0

काठमाडौं । पूर्व बरिष्ठ कुस्ती प्रशिक्षक एवं पूर्व तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक बिद्या सागर पोखरेलको शुक्रबार विहान काठमाडौंमा निधन भएको छ ।पहिलो नेपाली कुस्ती प्रशिक्षक पोखरेलको हृदयघातका कारण निधन भएको राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका पूर्व उपनिर्देशक ब्रिजेन्द्र हमालले जानकारी गराए ।

विहान खाना खाईरहेको अवस्थामा छातीमा दुखाई महसुस भएको केहि समयमानै उनको निधन भएको पारिवारीक श्रोतबाट जानकारी भएको छ ।फुटबलका खेलाडीको रुपमा खेल जिवनलाई अगाडी बढाएका पोखरेलले १९८८ मा भारतको पटियालाबाट कुस्ती प्रशिक्षकको प्रशिक्षण पश्चात राखेपमा जागिरे जीवनको सुरुवात गरेका थिए ।

उनी उमेर हदका कारण परिषदबाट सेवा निबृत्त भएका थिए । उनकै प्रशिक्षणमा नेपालमा धेरै कुस्ती खेलाडीहरु उत्पादन भएका थिए । उनले १९३३ का बंगलादेशको ढाकाबाट अन्तराष्ट्रिय निर्णायकको परिक्षा उत्तीर्ण गरेका थिए ।पोखरेलले कुस्ती खेलको विकास र विस्तारका क्रममा अनवरतरुपमा २६ बर्ष देखि कुस्ती संघको महासचिवका हैसियतले कार्य गर्दै आईरहेका थिए । २०१५ साल कार्तिक १५ गते जन्मिएका पोखरेल गोरखा दक्षिण बाहु चौथो बाट विभुषित थिए । उनका दुई श्रीमती, दुई छोरा र दुई छोरी रहेको हमालले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर