अपराधको अर्को कडी ‘फेक आइडी’बारे के भन्छ प्रहरी ? हेर्नुहोस् भिडियो — OSNepal

अपराधको अर्को कडी ‘फेक आइडी’बारे के भन्छ प्रहरी ? हेर्नुहोस् भिडियो

LC (KTM) June 04, 2021 0

सामाजिक सञ्जाल सरकार, सार्वजनिक संघसंस्था र सार्वजनिक पद धारण गरेकाहरुको गलत कदमविरुद्ध खबरदारी गर्ने सशक्त माध्यम बन्दै आएको छ । त्यसमाथि समाजमा देखिएका विकृति र विसंगतिविरुद्ध पनि सञ्जालको सतर्कता सकारात्मक सन्देश बन्न थालेको छ ।

अहिले समाजका हरेक क्षेत्रका व्यक्तिहरु कुनै नै कुनैरुपमा सामाजिक सञ्जालमा जोडिएका छन् र सञ्जालमार्फत प्रवाह भएको सन्देशप्रति गम्भीर समेत बन्दै आएका छन् । तर समाजमा सकारात्मक सोंच भएका व्यक्ति मात्र हुन्नन । यही कारण सामाजिक सञ्जालको दुरुपयोग बढ्दा समाजमा यस्ले नकारात्मक प्रभाव पनि बढाउन थालेको छ ।

व्यक्तिगत रिसइवी साँध्नदेखि लिएर कसैको चरित्र हत्या गर्ने र आपराधिक कार्यमा सामाजिक सञ्जालको दुरुपयोग बढ्न थालेपछि समाज सञ्जालप्रति नकारात्मक बन्न थालेको छ । एकातिर सञ्जालमा गलत मानसिकता र मनोवृति भएका व्यक्तिहरुको सक्रियता बढ्नु र अर्कोतर्फ यस्का नियामक निकायको कमजोरी एवं निष्क्रियताले सामाजिक सञ्जालमा सकारात्मक भन्दा नकारात्मक गतिविधि बढ्दै गएको छ ।यही प्रवृतिका शिकार बनेका छन्, विराटनगरका दुई विद्यार्थी । साइबर क्राइम भनेर चिनिएका यस्ता हर्कत नरोकिदा धेरैको चयन र खुसी पनि खोसिन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर