प्रदिप ज्ञवालीको सम्पत्ति विवरण : मन्त्री हुँदा दुई सय किताब थपियो — OSNepal

प्रदिप ज्ञवालीको सम्पत्ति विवरण : मन्त्री हुँदा दुई सय किताब थपियो

LC (KTM) June 05, 2021 0

काठमाडौं । निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो मन्त्रिबाट पदमुक्त गरे लगत्तै आम्दानी/खर्च विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल मार्फत ज्ञवालीले सार्वजनिक गरेको विवरणअनुसार मन्त्रीबाट हट्दा उनको बचत खातामा सात लाखभन्दा बढी बचत छ ।

‘हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सयजति पुस्तक थपिनुबाहेक मन्त्री बनेलगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।’ उनले लेखेका छन् ।

मन्त्री हुँदा आफ्नो तर्फबाट विदेश भ्रमणवापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक वापतको ६ लाख २० हजार गरी जम्मा ९ लाख ३४ हजार ९ सय ३० रुपैयाँ पार्टी खातामा (लेभी) बुझाएको जानकारी गराउदै पारिश्रमिकको कर कट्टीवापत ३ लाख ७२ हजार ४ सय ९२ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको उल्लेख गरेका छन् । राजधानी दैनिकमा यो खबर छ ।

आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) शुक्रबारै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोकस्थित सरकारी निवास शनिबार छाड्ने उनले बताएका छन् । मन्त्री पदमा रहँदा आफूलाई सहयोग गर्ने कर्मचारीहरुलाई उनले धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर