साउदी अरब भएका नेपालीका लागि आयो अत्यान्तै खुशीको खबर — OSNepal

साउदी अरब भएका नेपालीका लागि आयो अत्यान्तै खुशीको खबर

LC (KTM) June 06, 2021 0

साउदी अरबबाट कतार वा टर्की ट्रान्जिट मिलाएर नेपाली नागरिक स्वदेश फर्कन सक्ने भएका छन् । साउदी अबरस्थित नेपाली दूतावासले आफ्नो फेसबुक पेजमार्फत कतार वा टर्की ट्रान्जिट मिलाएर साउदी अरबबाट नेपाल जानसक्ने गरी व्यवस्था मिलाइएको जानकारी गराएको छ ।

दूतावासका अनुसार साउदी अरबबाट सोझै नेपाल जान उडान खोल्ने सम्बन्धमा अझै कुनै निर्णय भएको छैन तर नेपाल जान चाहने श्रमिकले कतार वा टर्की ९कतार एयरवेज, नेपाल एयरलाइन्स र टर्किस एयरलाइन्स०बाट ट्रान्जिट मिलाएर फर्कन सकिने व्यवस्था गरिएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सूचनामा टिकटका लागि सम्बन्धित एयरलाइन्स वा ट्राभल एजेन्सीमा स्वयं व्यक्तिले नै सम्पर्क गर्नुपर्ने जनाइएको छ । नेपाल सरकारले हाल नेपाल एयरलाइन्स, टर्किस एयरलाइन्स र कतार एयरवेजलाई साताको एक÷एक उडान सञ्चालन गर्न अनुमति दिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर