विदेश जाने श्रमिकको पीसीआर अब सरकारले नै गरिदिने, पिसिआरमा शुल्क नलाग्ने भएपछि श्रमिकलाई राहात — OSNepal

विदेश जाने श्रमिकको पीसीआर अब सरकारले नै गरिदिने, पिसिआरमा शुल्क नलाग्ने भएपछि श्रमिकलाई राहात

LC (KTM) February 27, 2022 0

काठमाडौं, १५ फागुन । सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोनाको पीसीआर परीक्षण निशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।

यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्थ्यो । अबदेखि सरकारी अन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट बैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पीसीआर परीक्षण निशुल्क हुनेछ ।

पीसीआर परीक्षण निशुल्क गर्न वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश गर्नुपर्नेछ । यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्थापन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर