पेट्रोल र डिजेलको मुल्य फेरि बढ्यो — OSNepal

पेट्रोल र डिजेलको मुल्य फेरि बढ्यो

LC (KTM) June 06, 2021 0

काठमाडौं २३ जेठ । शनिबार मध्यरातिबाट लागु हुन गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । गए रातिबाट लागु हुन गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको प्रतिलिटर २ रुपैयाँको दरले मुल्य वृद्धि गरेको हो ।

मुल्यवृद्धि भएसँगै अब प्रतिलिटर पेट्रोल १२५ र डिजेल र मट्टीतेल प्रतिलिटर १०८ रुपैयाँ पर्ने भएको छ । साथै खाना पकाउने एलपी ग्याँसको मुल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर