प्रदेश-२ को संसदीय दलको नेतामा मुख्यमन्त्री राउत चयन — OSNepal

प्रदेश-२ को संसदीय दलको नेतामा मुख्यमन्त्री राउत चयन

LC (KTM) June 06, 2021 0

काठमाडौँ २३ जेठ । प्रदेश २ को संसदीय दलको नेतामा जनता समाजवादी पार्टीका मुख्यमन्त्री लालबाबु राउतलाई चयन भएका छन् ।जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षका राउतलाई आज जनकपुरधाम बसेको बैठकले संसदीय दलको नेतामा चयन गरेको जनाइएको छ ।

बैठकमा तत्कालिन समाजवादी पार्टीका ३० जना र तत्कालिन राजपाका मन्त्री रामनरेश राय र नवलकिशोर साहलगायत ८ जना प्रदेशसभा सदस्य गरी ३८ जना सहभागी भएका थिए । प्रदेश-२ मा समेत जसपाका बहुमत सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्री राउत संसदीय दलको नेतामा चयन भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर