काठमाडौँ २३ जेठ । नेपाली कांग्रेसका दुई मन्त्रीले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । कर्णाली सरकारमा थपिएका नेपाली कांग्रेसका यज्ञबहादुर बीसीर दीनबन्धु श्रेष्ठलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनिले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले,सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई नियुक्त गरेका छन् । योसँगै कर्णाली प्रदेश सरकारले पुर्णता पाएको छ ।