नेपाली शेयर बजारमा अहिलेसम्मकै नयाँ कीर्तिमान — OSNepal

नेपाली शेयर बजारमा अहिलेसम्मकै नयाँ कीर्तिमान

LC (KTM) June 07, 2021 0

काठमाडौं । सेयर बजारको दोस्रो बजारमा आइतबार नेप्से सूचक र खरिद–बिक्री रकम दुवैमा नयाँ कीर्तिमान कायम भएको छ । नेप्से हालसम्मकै उच्च बिन्दु २९ सयको बिन्दु पार गर्दै अलटाइम हाइ रेकर्ड बनाई बजारमा १७ अर्ब २७ करोड बढीको कारोबार भएको हो । यसअघि गत जेठ १६ गते सर्वाधिक १७ अर्ब २ करोड ८४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।

आइतबार नेप्से सूचक पनि ५०.१३ अंकले बढेर २९०६.८९ बिन्दुमा पुगेको छ । यसका साथै वाणिज्य बैंकसँगै अरू समूहमा पनि मूल्य बढ्ने र करेक्सन आउने क्रम जारी छ ।

आइतबार कुल २१८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । १ अर्ब २१ करोड रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अघि छ । याे खबर राजधानी दैनिकमा छ ।

दोस्रोमा निफ्रा र तेस्रोमा लुम्बिनी विकास बैंक परेका छन् । ५ कम्पनीको भाउ सर्किट ब्रेक लाग्ने तहसम्म वृद्धि भएको छ । वाणिज्य बैंक समूहको सूचक ८९.८५ अंकले वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर