प्रदेश २ मा कांग्रेसलाई सरकारमा लान जसपाको दौडधुप — OSNepal

प्रदेश २ मा कांग्रेसलाई सरकारमा लान जसपाको दौडधुप

LC (KTM) June 07, 2021 0

धनुषा २४ जेठ । जनता समाजवादी पार्टीले नेपाली कांग्रेसलाई प्रदेश २ को सरकारमा सहभागी गराउन छलफल सुरु गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव समुहले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका चार मन्त्रीलाई हिजो आइतबार साँझ बर्खास्त गरी कांग्रेसलाई सरकारमा ल्याउन छलफल सुरु थालेको हो ।

काग्रेसको सरकारमा जाने विषयमा पहिलो चरणको छलफल भएको छ । प्रदेश २ का सचेतक उपेन्द्र कुशवाहले दिएको जानकारी अनुसार सरकारमा सहभागी हुन मन्त्रालय टुक्राएर बढाउने बारे प्रारम्भिक छलफलमा छलफल भएको छ । छलफल पछि संसदीय दलमा विमर्श गरेर आज दुवै पक्ष बसेर सरकारमा सहभागी हुने प्रक्रिया अगाडी बढाउने जनाइएको छ ।

जसपाको तर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, समाजिक विकासमन्त्री नवलकिशोर साह, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय सहभागी थिए । साथै कांग्रेसको तर्फबाट सचेतक कुशवाह, प्रदेश सांसद शिवचन्द्र चौधरी र विरेन्द्र सिंह सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर