कालीगण्डकीमा समातिएको ५५ केजीको विशाल माछालाई नाम्लोले बोकेर बजारमा बेच्न लगेको दृश्य भाइरल — OSNepal

कालीगण्डकीमा समातिएको ५५ केजीको विशाल माछालाई नाम्लोले बोकेर बजारमा बेच्न लगेको दृश्य भाइरल

LC (KTM) June 07, 2021 0

काठमाडौँ– माछालाई दाउरलाई जसरी बोकेर बजारमा बेच्न लगेको कहिल्यै देख्नु भएको छ ? माछा नाम्लोले भारी बोकेझै बोकेर एक ब्यक्ति हिँडेको तस्विर भाइरल बनेको छ । यो ५५ केजीको माछा कालिगण्डकीको रिँडीमा समातिएको बताइएको छ । स्थानीय भाषामा गोच भनिने यस माछालाई वेल्स क्याटफिस भनिन्छ । जसको औषत आयु ५० बर्षको हुन्छ ।

पछिल्ला दिनमा यो माछाको तस्विर निकै नै भाइरल बनिरहेका बेला कतिपयले यसलाई संखुवासभाको सभा खोलामा मा रे को भनेका छन् । केहीले असला माछा भन्दै सामाजिक सञ्जालमा शेयर गरेका छन् । तर, यसको वास्तविकता भने कालिगण्डकीको रिँडीमा समातिएको हो ।

यो पनि : चराले मानिसले झै कुल्ला घाँटी ठाडो पारेर गरेको भिडियो भाइरल : कहिलेकाहीँ जनावर र पशुपंक्षीले देखाउने ब्यबहार दुरुस्तै मिल्न जान्छन् । जनावर र पंक्षीले दुरुस्तै मानिसको जस्तो दृश्य देखाउँदा कस्लाई पो हाँसो उट्ठैन र ? यस्तै दृश्य अहिले ट्वीटरमा भाइरल बनिरहेको छ । जहाँ एउटा चराको भिडियो अहिले निकै चर्चामा छ । केवल १० सेकेण्डको यस भिडियो झट्ट हेर्दा कुल्ला ९गारगल० गरे जसरी कुल्ला गरिरहेको देख्न सकिन्छ ।

भाइरल भिडियोमा चरा टाउको मास्तिर फर्काएर मानिसले कुल्ला गरे झै कुल्ला गरेको जस्तो देखिन्छ । यो भिडियो ट्विटर प्रयोगकर्तामाझ निकै चर्चामा छ । उनीहरूले चराको समझदारीलाई सकारात्मक प्रतिक्रिया दिँदै बुद्धिमानी चरा समेत भन्न भ्याएका छन् । चराको यो रमाइलो दृश्य देखेर तपाईको पनि हाँसो थामिने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर