जान्नुहोस थाइराइड रोगीले के खाने, के नखाने ? — OSNepal

जान्नुहोस थाइराइड रोगीले के खाने, के नखाने ?

LC (KTM) June 07, 2021 0

काठमाडौं – शरीरको मेटाबोलिज्म अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक हुन्छ जुन रोग नभई घाँटीमा हुने ग्रन्थी हो।

उक्त हर्मोन बढी वा कम हुनु नै थाइराइडसम्बन्धी समस्या हो। थाइराडका बिरामीले खानपानमा विशेष ध्यान दिनुपर्छ। उसो भए थाइरोड रोगीले के खाने, के नखाने आजको नयाँ पत्रिकामा डा। नरेश पराजुलीले जानकारी दिएका छन्ः

खाने । दैनिक खानामा ३०–३० प्रतिशत सलाद र उसिनेका खानेकुरा तथा ४० प्रतिशत नियमित खानाको अनुपात मिलाएर खाने हो भने थाइराइडको समस्या कम गर्न सकिन्छ।सलादमा प्याज, काँक्रो, गाँजर, भिजाइएका गेडागेडी खान सकिन्छ। अन्न, दाल, दूधजन्य खानेकुरा, माछा अन्डा, च्याउ, ओखर, बदाम, नट्स, फलफूल, अदुवा, जुस, ग्रिन टी र प्रशस्त खान पिउन सकिन्छ। यस्तो खानेकुराले मेटाबोलिज्मको मात्रा नियमित गर्न सघाउँछन्।

नखाने
(सोयाबिन र यसबाट बन्ने खानेकुरा खानु हुँदैन। सेतो आँटाबाट बनेका पाउरोटी, ब्रेड, पिज्जा र बर्गर आदि ग्ल्गुटिन भएका खानेकुरा सकेसम्म खानु हुँदैन।

फूलगोभी र बन्दागोभीले शरीरमा आयोडिनको कमी गराउँछन्। यसर्थ आयोडिनको कमीका कारण थाइराइडको समस्या हुने भएकाले यस्ता तरकारी खानु हुँदैन।

शरीरमा मेटाबोलिज्मको कमी हुनेले चिनी खानु हुँदैन। त्यस्तै जंकफुड, तेलमा तारेका, मैदाबाट बनेका र प्याकेटका खानेकुरा खानु हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर