देउवा र प्रचण्डलाई नेपालको जवाफ ढुक्क हुनुहोस् ,अदालतको हस्ताक्षर फिर्ता हुँदैन — OSNepal

देउवा र प्रचण्डलाई नेपालको जवाफ ढुक्क हुनुहोस् ,अदालतको हस्ताक्षर फिर्ता हुँदैन

LC (KTM) June 07, 2021 0

काठमाडौं २४ जेठ । पाटीबाट निष्काशनमा परेका वरिष्ठ नेता माधव नेपालले कांग्रेसका सभापति शेर बहादुर देउवालाई दिएको समर्थन रुवरुप दिएको हस्ताक्षर फिर्ता नहुने बताएका छन् । हिजो साँझ पार्टी अध्यक्ष केपी ओलीले पार्टी एकताको लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए ।

तथापी, नेपाल समुहले भने यो अलमलाउने खेल भएको भनि निष्कर्ष निकालेको अवस्थामा आज भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा आफु बोलीको पक्का भएको हुँदा हस्ताक्षर फिर्ता नहुने विश्वास दिलाएका हुन् । स्रोतका अनुसार देउवालाई पनि हस्ताक्षर फिर्ता नहुने जानकारी फोनबाट नेपालले गराएको बुझिएको छ ।

आज प्रचण्ड नेपाललाई भेटी देउवा निवास पुगेका थिए । पार्टी एकता भयो भने नेपालको साथ छुट्ने थाहा पाएका प्रचण्ड यति बेला भटघाटलाई तिव्रता दिएका छन् । नेपाल समुहले ओलीको प्रस्तावको जवाफ लिखित रुपमै दिने तयारीका साथ स्थायी कमिटी सदस्यहरुको भर्चुअल माध्यमबाट बैठक जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर