सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाइनेछः शिक्षामन्त्री पौडेल — OSNepal

सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाइनेछः शिक्षामन्त्री पौडेल

LC (KTM) March 15, 2022 0

काठमाडौँ, १ चैत -शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाललका सार्वजनिक विद्यलायलाई गुणस्तरीय छन् भन्ने विश्वास दिलाउन शिक्षकको सक्रियता आवश्यक रहेको बताउनुभएको छ ।त्रिपुरेश्वरस्थित विश्व निकेतन माविको हीरक महोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले शिक्षकको सक्रियताको आवश्यकतालाई महसुस गर्दै नेपाल शिक्षक महासङ्घसँग छलफल गरेर शिक्षकका माग सम्बोधनका लागि सरकारले सहमति गरेको जानकारी दिनुभयो ।

मन्त्री पौडेलले दश वर्षे शिक्षा सुधारका कार्ययोजना तर्जुमा हुँदै गरेको र सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन सरकार र सबैले साझा सङ्कल्प गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार, शैक्षिक सुधार र कार्यक्रमिक सुधारका लागि सरकारले नीति र बजेट दिइरहेको अवगत गराउँदै शिक्षण सुधार प्रक्रियाका लागि सरकार सदैव तत्पर रहेको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीको सहकार्य र मेहनताका कारण विद्यालयको शैक्षिक स्तरमा सुधार आएको बताउनुभयो । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने शिक्षक, विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।मुलुकभरमै अब्बलमध्येको एक सामुदायिक विद्यालयका रुपमा रहेको सो विद्यालयको स्थापना विसं २००३ मा भएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर