साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालको लज्जास्पद हार — OSNepal

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालको लज्जास्पद हार

LC (KTM) March 15, 2022 0

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाललाई नराम्रो संग झट्का लागेको छ । नेपाले आफ्नो पहिलो खेलमा नै फराकिलो हार व्यहोरेको छ ।जमसेदपुरमा मंगलबार भएको उद्घाटन खेलमा नेपाल आयोजक भारतसँग सात शुन्यको फराकिलो गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा तीन गोल खाएको नेपालले दोस्रो हाफमा थप ४ गोल व्यहोरेको थियो । खेलको १४ औं मिनेटमा सुजेश पोट्टेकाटले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाईन । १७ औं मिनेटमा लिन्डा कोम सेर्टोले गोल गर्दै भारतलाई दुई शून्यको अग्रता दिलाईन । ३५ औं मिनेटमा कोमले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा भारतलाई ३-० को अग्रता दिलाएकी थिइन् ।

खेलको ६९ औं मिनेटमा अपुर्नाले गोल गरेपछि भारत ४-० ले अघि रह्यो । ८१ औं मिनेटमा पुर्णिमाले गोल गर्दै भारतलाई ५(० को अग्रता दिलाईन । खेलको ८९ औं मिनेटमा सुनिता मुन्डाले गोल गरेपछि भारत ६-० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा नितुले गोल गर्दै भारतलाई ७-० को जित दिलाईन ।

जितसँगै भारतले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।अब नेपालले दोस्रो खेलमा बिहीबार बंगलादेशको सामना गर्नेछ ।मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।शीर्ष टोलीले उपाधि जित्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर