लामो समयको अन्तराल पछि नेपालले एक दिवशीय क्रिकेट खेल्दै — OSNepal

लामो समयको अन्तराल पछि नेपालले एक दिवशीय क्रिकेट खेल्दै

LC (KTM) March 15, 2022 0

आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको आफ्नो तेस्रो सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली हाल यूएईमा छ । तेस्रो सिरिजमा नेपालले घरेलु टोली यूएई तथा पपुवा न्यु गिनीसँग दुई–दुई खेल खेल्ने छ । आज मंगलबार बाट सुरु भएको सिरिजमा पहिलो दिन यूएई र पीएनजी भिड्दै छन् । नेपालले आफ्नो पहिलो खेल बुधबार पीएनजीसँग खेल्ने छ ।

मैत्रीपूर्ण खेलहरु खेलेपनि नेपालले यूएई र पीएनजीसँग लिग दुईमा पहिलो पटक खेल्न लागेको हो ।नेपाल पछिल्लो समय टी–ट्वान्टी क्रिकेटमा निकै व्यस्त थियो । पालले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट नखेलेको छ महिना पुगिसकेको छ । नेपालले अन्तिम पटक गत भदौमा एकदिवसीय अन्तराष्ट्रिय खेलेको थियो । त्यसयता नेपालले घरेलु क्रिकेटमा समेत ५० ओभरको खेल खेलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर