भक्तपुर क्यान्सर अस्पतालमा बिरामीका पेटबाट ३५ किलोको ट्युमर निकालियो — OSNepal

भक्तपुर क्यान्सर अस्पतालमा बिरामीका पेटबाट ३५ किलोको ट्युमर निकालियो

LC (KTM) June 07, 2021 0

भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालमा एक बिरामीका पेटबाट ३५ किलोको मासुको डल्लो ९ट्युमर० निकालिएको छ । एक वर्षदेखि पेटमा समस्या झेल्दै आउनु भएका ३२ वर्षीया कुसुम लामाको पेटबाट शल्यक्रिया गरी आइतबार साँझ ट्युमर निकालिएको हो । अस्पताल प्रशासन प्रमुख राजाराम तजलेका शल्यक्रियामा चिकित्सकहरु सृष्टि प्रजापति, उषा बादे श्रेष्ठ, अनिसा श्रेष्ठ, रञ्जना मण्डल, र देवकी गुभाजुलगायतको टोली रहनुभएको जानकारी दिनुभयो । सो टोलीले दुई घण्टा लगाएर शल्यक्रिया गरेको जनाइएको छ ।

यसअघि पनि अस्पतालमा जटिल रोगको शल्यक्रिया गर्दै आए पहिलो पटक ठूलो ट्युमर सफलतापूर्वक निकालिएको जनाइएको छ । आर्थिक अवस्था कमजोर भएको र लकडाउनका कारण अस्पतालमा नियमित परीक्षणमा आउन नसकेपछि कारण रोग पालेर बसिरहेकी लामाको समयमै उपचार हुन नसक्दा ट्युमर बढेर ठूलो भएको चिकित्सकको भनाई छ । बिरामीका आफन्तले शल्यक्रिया शुल्क रु ३० हजार सहित करिब रु ७० हजार तिर्न नसकेको गुनासो गर्दै सहयोग गर्न आग्रह गरेका छन् । अस्पतालले सक्नेजति छुट गर्नेबारेमा छलफल भइरहेको जनाएको छ ।

अक्सिजन प्लान्टका लागि रु। पाँच करोठ चार लाख ७१ हजार सङ्कलन:- भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न जनस्तरबाट पाँच करोड चार लाख ७१ हजार १०० रुपैयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको छ ।

नगरपालिकाले उपकरणका लागि यही जेठ ५ गते ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा रकम उपलब्ध गराइदिन जनस्तरमा नगर प्रमुख सुनिल प्रजापतिले आव्हान गर्नुभएको थियो । यसपछि उक्त रकम सङकलन भएको जनाइएको छ । नगरपालिकालाइ संघ—संस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी तथा स्थानीय दाताबाट प्राप्त रकमबाट आइसोलेशन केन्द्र र एचडियू सञ्चालनका लागि अक्सिजन प्लान्ट व्यवस्था गर्ने भएको छ । सहयोग रकम आउने क्रम जारी रहेको नगरपालिकाले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर