लोपउन्मुख राउटे समुदायका दुई युवतीलाई मदिरा खुवाएर यौ न दुर्व्यवहार गर्ने तिन जना युवाविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी दर्ता — OSNepal

लोपउन्मुख राउटे समुदायका दुई युवतीलाई मदिरा खुवाएर यौ न दुर्व्यवहार गर्ने तिन जना युवाविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी दर्ता

LC (KTM) June 08, 2021 0

पछिल्लो समय प्रबिधिको तिब्र बिकास भएसंगै यौनजन्य अपराधहरु समेत बाहिरीन थालेका छन् । प्रबिधिको प्रयोग गलत रुपमा प्रयोग भईरहेको पनि छ । पछिल्लो पटक सबिता भण्डारीको मृ त्यु प्रकरण देखी लिएर राउटे समुदायकी युवती माथिको यौन दुब्र्यवहारले सामाजिक सञ्जाल निक्कै गर्माएको छ ।

यसै घटना मध्ये लोपउन्मुख राउटे समुदायकी युवतीलाई यौन दुब्र्यवहार गर्ने तिन जना युवाविरुद्ध जबरजस्ती कर णीको किटानी जाहेरी दर्ता भएको छ । ती युवकहरुले युवतीलाई मदिराले लट्ठ पारेर यौन दुब्र्यवहार गरेका थिए । उक्त भिडीयो सामाजिक सञ्जालमा आएपछि प्रहरीले र अन्य सरोकारवालाहरुले चासोका साथ यस घटनालाई लिएका थिए ।

युवतीलाई मदिरा खुवाएर होटलमा लगेर यौन दुब्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड भए पछि प्रहरीले आईतबार तिन जनालाई पक्राउ गरेको थियो । १९ र २३ वर्षकी ती राउटे युवतीहरूलाई यौन दुब्र्यवहार गरेको अरोपमा गुर्भाकोट नगरपालिका–९ का दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनका विरुद्ध मानव जबर्जस्ती करणीको मुद्दा चलाउन किटानी जाहेरी दिइएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले किटानी जाहेरी दर्ता भइसकेको र थप अनुसन्धान भइरहेको जानकारी दिएको छ । पक्राउ परेकाहरुले आफुबाट अपराध भएको स्विकारी सकेको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर