एनआरएनएबाट सरकारलाई कोरोनाको स्वास्थ्य सामग्री सहयोग — OSNepal

एनआरएनएबाट सरकारलाई कोरोनाको स्वास्थ्य सामग्री सहयोग

LC (KTM) June 08, 2021 0

काठमाडौँ- गैरआवासीय नेपाली सङ्घले सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सङ्घ बेलायत, क्यानडा, अष्ट्रेलिया र चीनले यहाँ भर्चुअल माध्यमबाट हस्तान्तरण कार्यक्रम आयोजना गरी अक्सिजनका ४८३ कन्सन्टे«टरलगायत स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे । सो अवसरमा मन्त्री तामाङले सरकार जतिसक्दो चाँडो सबै नेपालीलाई कोरोना खोप उपलब्ध गराउने तयारीमा रहेको जानकारी दिनुभयो ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले कोरोना खोपका लागि बेलायत सरकारसँग अनुरोध भइरहेको र छिट्टै नेपाललाई कोरोना खोप उपलब्ध हुने विश्वास दिलाउनुभयो । सङ्घ बेलायतका अध्यक्ष पुनम गुरुङले ९३ गैरआवासीय सङ्घ र ४४ व्यक्तिका आर्थिक सहयोगमा नेपालमा स्वास्थ्य सामग्री पु¥याउन सफल भएको जानकारी दिनुभयो । अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले आफूहरुले नेपाल पठाएका स्वास्थ्य सामग्री आवश्यकताका आधारमा लक्षित स्थानसम्म पु¥याउन आग्रह गर्नुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर