अमेरिकामा नेपाली भरतराज ओलीको मस्तिष्क श्राब हुँदा मृत्यु, डीभी पाएर गएका थिए अमेरिका — OSNepal

अमेरिकामा नेपाली भरतराज ओलीको मस्तिष्क श्राब हुँदा मृत्यु, डीभी पाएर गएका थिए अमेरिका

LC (KTM) June 08, 2021 0

काठमाडौं-अमेरिकाको नर्थ क्यारोलाइनामा एक नेपालीको मृत्यु भएको छ । डीभी चिट्ठाबाट अमेरिका गएका उनको मस्तिकघात श्रावका कारण निधन भएको हो ।

गत जून ४ का दिन मस्तिकघात भएपछि उनलाई ड्युक विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो । ३४ वर्षीय ओलीलाई बचाउन शल्यक्रिया गरेता पनि उपचारकै क्रममा निधन भएको बताइएको छ ।

दाङ्ग ओलका नेपालमा आमा, पत्नी, २ वर्षका छोरा र दुई दिदीबहिनी रहेका छन् । उत्तर क्यारोलाइनाको सामुदायिक संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाको पहलमा उनको अन्त्येष्टि खर्च जुटाउन गो फण्ड सञ्चालनमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर