कोरोनाका कारण भारतमा सिंहको मृत्यु ! — OSNepal

कोरोनाका कारण भारतमा सिंहको मृत्यु !

LC (KTM) June 08, 2021 0

एजेन्सी- कोरोनाका कारण भारतमा एक सिंहको मृत्यु भएको छ ।भारतको चेन्नईस्थित चिडियाखानामा राखिएको एक पोथी सिंहको कोरोनाका कारण मृत्यु भएको भारतिय मिडियाले जनाएका छन् । मृत्यु हुनु अघिल्लो दिनदेखि सो पोथी सिंहको नाकबाट तरल पदार्थ निस्किएपछि उपचार थालिएको थियो । तर बिहीबार साँझ अचानक मृत्यु भएको बताइएको छ ।

एकै स्थानमा राखिएका अन्य ११ सिंहको कोरोना परीक्षण गरिएको थियो । सोमध्ये ९ वटामा सार्स–कोभ–२ पोजेटिभ आएको बताइएको छ ।कोरोना संक्रमण देखिएका अन्य सिंहलाई विशेष निगरानीसहित छुट्टै राखेर उपचार सुरु गरिएको छ ।

सिंहमा कोरोना देखिएपछि अहिले जनावरको भेटेनरी चिकित्सक, रेखदेख गर्ने कर्मचारी तथा चिडियाखानाका कर्मचारी सबैलाई पीपीई अनिवार्य गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर