एमाले भित्रको विवादको कारण विश्वासको मत लिएका मुख्यमन्त्री भट्टको सरकार एमालेनै जोगाइदियो — OSNepal

एमाले भित्रको विवादको कारण विश्वासको मत लिएका मुख्यमन्त्री भट्टको सरकार एमालेनै जोगाइदियो

LC (KTM) June 08, 2021 0

धनगढी २५ जेठ । सुदुरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाएको छ । नेकपा एमाले विवादको कारण प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वास मत लिनुपर्ने अवस्था आएको थियो । तथापी एमालेकै कारण मुख्यमन्त्री भट्टको सरकार जोगिएको छ ।

आज लिएको विश्वसको मतमा भट्टले ३० मत प्राप्त गरेका छन् । भने उनको विपक्षमा ९ मत खसेको छ । त्यस्तै १२ जना प्रदेश सांसद भने मतदानमा सहभागी नभएको जनाइएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो ।

५२ सदस्यीय रहेको प्रदेशमा भट्टले आफ्नो सरकार जोगाउन २७ मत ल्याए पुग्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर